धौलागिरि गाउँपालिकामै तेह्र जलविद्युत् आयोजना

काठमाडौं ! म्याग्दीको धौलागिरि गाउँपालिकामा ठूला–साना गरी १३ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् ।

धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी र यसको सहायक नदी र खोलामा यी विद्युत् आयोजना निर्माण भइरहेका हुन् ।

ती आयोजनाको कुल उत्पादन क्षमता करिब २३८ मेगावाट छ ।

यस क्षेत्रमा जलविद्युत् विकासको प्रचुर सम्भावना भए पनि भौगोलिक विकटता र प्रसारण लाइन नहुँदा अपेक्षाअनुसार आयोजना अगाडि बढ्न सकेको थिएन ।

पछिल्ला केही वर्षयता गाउँपालिका र विद्युत् आयोजनाले सडक निर्माण गरेका छन् भने नेपाल विद्युत् प्राधिकरणले पनि सबस्टेसन तथा प्रसारण लाइन निर्माण थालेको छ ।

यसले गर्दा लगानीकर्ता आयोजना निर्माणमा सक्रिय भएका हुन् ।

धौलागिरि गाउँपालिका–४, मुदीको जेल्टुङमा ३७ मेगावाटको अपर म्याग्दी र मुदीकै दोभानमा निर्माण हुने ५७ मेगावाट क्षमताको म्याग्दी हाइड्रोपावरको पहुँच मार्ग निर्माण हँुदै छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *