भारतबाट ३८ रुपैयाँ प्रतियुनिटको दरले बिजुली किन्दै विद्युत् प्राधिकरण

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले आज बिहीवार रातिदेखि भारतबाट ३८ रुपैयाँ प्रतियुनिटको दरले बिजुली किन्ने भएको छ । भारतबाट बिजुली नआउँदा नेपालका उद्योगमा समस्या परेको भन्दै प्राधिकरणले महँगो भए पनि भारतबाट बिजुली किन्ने भएको हो ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले आज रातिदेखि २० भारुमा बिजुली किनेर भए पनि समस्या समाधान गर्ने बताउनुभयो । आज राति १२ बजेदेखि सात हजार मेगावाट आवर बिजुली आयात हुने र उद्योगलाई बिजुली दिइने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *