भुमी आयोग खारेजीको विरोधमा युवासंघ नेपाल सगै सुकुम्बासी जनताको विरोध प्रदर्शन

साउन २१, काठमाडौँ । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनको विरोधमा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ । बिहीबार काठमाडौँ र भक्तपुरको सीमा क्षेत्र मनोहरा सुकुम्बासी बस्तीबाट संघले विरोध जुलुससहित प्रदर्शन गरेको हो ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा गठन भएको आयोगले काम गर्दै भुमि बिहिन सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउने अन्तिम चरणमा पुगेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले विघटन गरेसँगै राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेको हो । कार्यक्रममा संघका उपाध्यक्ष क्षितिज थेवे र अध्यक्ष किरण पौडेलले संबोधन गरेका थिए ।उक्त कार्यक्रममा सयौ सुकुम्बासी जनता जो लालपुर्जा पाउने आशामा बसेका उनिहरुपनी विरोध प्रदर्शनमा सहभागी भएका थिए।सरकारको यो निर्णयको विरोधमा देशभरका सुकुम्बासी जनताहरु आक्रोशित बनेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *