काठमाडौ !
नेकपा एमाले निकट भूमिहीन सुकुम्बासी संगठनले भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
आयोग विघटन गरेर भूमिहीनका सपनामा तुसारापात गरिएको भन्दै संगठनले पहिलो चरणका कार्यक्रम घोषणा गरेको हो । बिरोधका कार्यक्रमहरु सहित उक्त संगठनकि अध्यक्ष शान्ता चौधरीद्रारा हस्ताक्षर गरिएको पत्रमा देशका सबै जिल्लामा आयोग विघटनको विरोधका कार्यक्रम गरिने उल्लेखित छ । भुमि आयोग विघटन गरेको सरकारलाइ भुमिहिन किसानहरुको यो चरमबद्द आन्दोलनले निकै महङ्गो पर्ने निश्चित छ।