बैतडीको डिलाशैनी गाउँपालिका र राष्ट्रीय भुमी आयोग बिच सम्झौता सम्पन्न

काठमाडौं ! बैतडीको डिलाशैनी गाउँपालिकाले राष्ट्रीय भूमि आयोग सगँ सम्झौता गरेको छ । गाउँपालिकामा भएका भूमिहीन दलित,भूमिहीन सुकुम्बासीलाई जग्गा बितरण र अव्यवस्थीत बसोबासी लाई व्यबस्थापन गर्न सम्झौता गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत गणेस बोहोराले बताए ।

पालिकाले बस्तीमा तहगत क्षेत्र तोकी राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ को दफा ६ को खण्ड ग बमोजिम भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यबस्थीत बसोबासीको पहिचान लगत संकलन र प्रमाणीकरणको काम गर्ने गरि सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले बताएका छन  ।

राष्ट्रीय भुमी आयोग सगँ सम्झौता भइसकेकोले भूमिहीन दलित,भूमिहीन सुकुम्बासीका लागी पालिकाले छिटै काम थाल्ने गाउँपालिकाले जनाएको छ ।

बैतडीका ७ स्थानीयहरुले यसअघिनै भुमीआयोग संग सम्झौता  गरिसकेका छन् भने दशरथचन्द नगरपालिका र दोगाडाकेदार गाउँपालिकाले सम्झौता गर्न बाँकी रहेको भुमि आयोग बैतडीका अध्यक्ष धर्मसिह ऐरले जानकारी दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *