सरकारले आफैले विघटन गरेको भुमी आयोग व्युतायो : अध्यक्षमा केशव निरौला

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई सपथ गराउनुभएका हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्याहरूलाई हटाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरू थपिँदै गएकोले आफ्नो नेतृत्वको टीमले ती समस्यालाई हटाउने बताउनुभयो ।

सपथग्रहण समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल, मुख्य सचिव शंकरदास वैरागीसहितको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *