पुर्वमन्त्री राना सहितको टोलीले गर्‍यो,भाषा आयोगको निर्णय विरुद्ध विरोध प्रदर्शन

काठमाडौं !
भाषा आयोगले रानाथारु भाषालाई सुदुरपश्चिम प्रदेशको सरकारी भाषाबाट हटाएपछी सुदुरपश्चीमका बिशेषगरि कैलाली कंचनपुरमा बसोबास गर्ने त्यस क्षेत्रका भुमिपुत्र रानाथारु समाजका अगुवाहरु आक्रोसित बनेका छन।
हिजो गरिएको सो निर्णयप्रती राज्यले रानाथारुको हकहितलाई उपेक्षित गरिएको बताईएको छ। सरकार र आयोगको सो निर्णय विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा आज विरोध प्रदर्शन गरिएको थियो।

वर्तमान देउवा सरकार कैलाली कंचनपुरका रानाथारु हरुप्रती पुर्वाग्रही बनेको भन्दै उक्त प्रदर्शनमा सरकार र आयोगको चर्को विरोध गरिएको छ ।विभिन्न पम्पिलेटहरु सहित सो विरोध कार्यक्रममा पुर्व वन तथा वातावरणमन्त्री एवम कैलाली क्षेत्र न. ५ का प्रतिनिधिसभा सांसद नारदमुनी राना,रानाथारु समाजका अध्यक्ष कृपासुर राना लगायत केही रानाथारु समाज संबद्ध युवाहरुको उपस्थिति रहेको थियो। भाषा आयोगले ओली सरकारले सिफारिस गरेको रानाथारु भाषालाई हटाएर थारु भाषामात्र राखेकोले समाज आक्रोशित बनेको हो। हेर्नुहोस,उक्त कार्यक्रमका केही तस्वीरहरु-       

Leave a Reply

Your email address will not be published. Required fields are marked *