भाषा आयोगको अप्रत्याशिलो निर्णयप्रती रानाथारु समाजद्रारा आन्दोलनको घोषणा

काठमाडौ ! सरकार विरुद्ध रानाथारु समाजले आन्दोलनको घोषणा गरेको छ।यस समाजका अध्यक्ष समेत रहेका कृपाराम रानाद्रारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उक्त कुरा उल्लेख छ।भाषा आयोगले सुदुरपश्चिमको सरकारी कामकाजको भाषामा राना हटाएर थारु भाषालाई प्राथमिकतामा राखेको छ,जबकी केही समय अघि नै राना थारु भाषालाई कामकाजको भाषा भनेर सिफारिस गरिसकेको थियो।सोही सिफारिसको आधारमा कैलाली कंचनपुरका विभिन्न सरकारी बिध्यालयहरुमा उक्त भाषाका किताबहरुको अध्यापन सुरु भैसकेको छ।भाषा आयोगको यो निर्णयप्रती रानाथारु समाज निकै आक्रोशित बनेको छ र सरकार विरुद्ध विभिन्न विरोधका कार्यक्रमहरु घोषणा गरेको छ।
हेर्नुहोस रानाथारु समाजको प्रेस विज्ञपति:-

Press Release
नेपालको संबैधानिक व्यवस्था अनुसार गठन भएको भाषा आयोग एक स्वतन्त्र र निश्पक्ष संबैधानिक अंग हो। यसको भुमिका पनि निश्पक्ष हुनेमा हामी विश्वसत छौ। भाषा आयोगले सातै प्रदेशको सरकारी कामकाजी भाषा सिफारिस गरेकोमा सिफारिसमा परेका नेपालका सम्पुर्ण भाषिक समुदायहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछौ। साथै भाषा आयोगले नेपाल सरकारलाई बुझाएको पाँचौ वार्षिक प्रतिबेदनमा सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजी भाषाको सिफारिस गर्दा रानाथारु भाषा छुटाइएकोमा गम्भिर ध्यानाकर्षण भएको छ। सुदूरपश्चिमको तराइका जिल्लाहरु कैलाली र कंचनपुरमा बसोबास गर्ने मौलिककला, संस्कृति, इतिहास, भाषा, रितिरिवाज एव छुट्टै पहिचान भएको मुल आदिबासी जनजाती, भुमीपुत्र रानाथारुसमुदायको भाषाला सरकारीकामकाजी भाषा बनाउनका लागि सम्पुर्ण आधारहरु पर्याप्त जनसंख्या, भाषाकोइतिहास, व्याकरण, शव्दकोश,पाठसंकलन, लोकवार्ता, वर्णनिर्धारण, मानकिकरण, पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण भइ कैलालीकंचनपुरका २७ वटा बिभिन्न सामुदयिक विद्यालयमा अध्ययन अध्यापन समेत भइरहेको छ। यसरी सम्पुर्ण मापदण्ड पुरा गरेको यस भाषालाई आयोगले आफै तयार पारेको मापण्ड अनुसार प्रारम्भिक प्रतिबेदन मा रानाथारु भाषालाई समाबेश गरेता पनि त्यसको बिपरित अचानक अप्रत्यासित ढंगले अन्तिम क्षणमा रातारात षडयन्त्र पुर्बक तरिकाले रानाथारु भाषालाई प्रतिबेदनबाट हटाइएकोमा घोर आपत्ती प्रकट गर्दै गम्भिर ध्यानाकर्षण भएको छ । भाषा आयोगको यस अन्यायपुर्ण, त्रुटीपुर्ण कदमबाट आज सम्म भएका रानाथारु समुदायका सम्पुर्ण भाषिक उपलब्धीहरुलाई समाप्त पार्ने षडयंन्त्र गर्न खोजिएको छ। यस कारण भाषा आयोग ले रानाथारु भाषालाई प्रतिबेदनमा थप गरी सरकारी कामकाजी भाषाको रुपमा अबिलम्ब सिफारिस गर्नकालागिबिनम्रता पुर्बक जोडदार माग गर्दछौ। अन्यथा, यसविभेदपुर्ण,त्रुटीपुर्ण, अन्यायपुर्ण कार्यका विरुद्ध रानाथारु समुदाय जुनसुकै संघर्षका कदम उठाउन बाध्य हुने छ। यस षडयंन्त्र पुर्ण सिफारिसका बिरुद्ध कैलाली-कंचनपुरका सम्पुर्ण रानाथारु अगुवा नेतृत्व, समाजसेबी, बुद्धिजिबी, संघसंस्था एवं जनसमुदायमा एकताबद्ध भै अन्यायको बिरुद्ध लाग्न हार्दिक अपिल समेत गर्दछौ।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *