भाषा आयोगको निर्णयप्रती सुदुरपश्चिमका भुमिपुत्र रानाथारुहरुको आक्रोस

काठमाडौं ! सुदूर पश्चिम प्रदेशमा सरकारी काम काजको भाषा भनेर डोटेली र रानाथारु भाषा सिफारिस गर्ने तयारी गरेकोमा आज उक्त निर्णय फेरबदल भएको छ । यस निर्णय प्रति रानाथारु अगुवा हरुले विरोध जनाएका छन । भाषा आयोगले रानाथारुलाई अपेलहना गरेको हो यो मान्य हुदैन । बरु अन्दोलन गर्नु परे गर्ने अगुवाहरुले बताएका छन ।

रानाथारु नै सुदूर पश्चिमको पहिलो आदिवासी रहेको आयेगलाई जानकारी हुँदा हुदै आज आएर त्यसलाई गुम्रहमा राख्नु खेदपुर्ण रहेको अगुवा हरुको ठहर छ । भाषा आयोगको प्रतिबेदन तयारी गर्दा रानाथारु भाषा रहेको आश्वासन दिएको थियो । नाटकिय रुपमा भाषा आयोगले अचानक परिवर्तन हुनु चदखेल भएको नेपाल रानाथारु समाजका अध्यक्ष कृपा राम रानाले बताए ।

आज भाषा आयोग ले आफ्नो ५ औ वार्षिक प्रतिबेदन सार्बजनिक गरेको छ । जसमा सुदुर पश्चिम को सरकारी कामकाजी भाषाको रुपमा डोटेली र थारु भाषा भनेर सिफारिस गरेको छ । जहाँ रानाथारु भाषालाई अपेलहना गरिएको छ । भाषा आयोगले संबिधानले दिएको आधार ऐतिहासिक आधार नहेरेर कसैको दबाबमा निर्णय गरेको आशंका रहेको रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष कमल सिं राना बताए । त्यसैले यसको बिरोध गर्नु पर्ने, यसरी हामी हाम्रो अधिकार प्राप्ति गर्ने काममा पछाडी पर्दे जाने हो भने आगामी प्रदेशको लोक सेवामा आरक्षणको अधिकार पनि गुमाउने डर देखिएको उहाँको भनाई थियो ।

आज भाषा आयोगले सिफारिस गरेको कामकाजी भाषामा सुप प्रदेशमा रानाथारु भाषा नसमेटिए दुखद खबर रहेको , यसलाई मान्य हुनेगरी आयोगले संसोधित सिफारिस पेश गरोस । बिभेदकारी सिफारिस चाहिँदैन, भाषिक पहिचान मेटाउन पाइँदैन भन्दै राना कला संस्कृति संरक्षण समिति तथा विकास मञ्चका अध्यक्ष नारायन राना बताए ।

रानाथारु अगुवाहरुले सुदूर पश्चिम प्रदेशमा रानाथारु भाषा कामकाजी भाषाका रुपमा समाबेस नगरे अन्दोलन गर्ने चेतावनी दिएका छन । यसैबिच रानाथारुहरुका एक अगुवा कमल सिं रानाथारुले लेखेको फेसबुक स्टाटस यस्तो छ:-                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *