विदेशिने युवाहरुको संख्या ह्वात्तै बढ्यो

काठमाडौं ! कोभिड प्रभावित गत २ वर्षमा रेमिट्यान्स घट्ने अनुमान गरे पनि उल्टै बढ्यो । चालु आवको सुरुदेखि भने रेमिट्यान्स आय लगातार घटिरहको छ । तर यही बेला विदेशमा जाने युवाको संख्या करिब चार गुणाले बढेकाले आगामी दिन रेमिट्यान्स आफ्नै लयमा फर्कन संकेत देखिएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार गत वर्षका सुरुका चार महिनामा प्रतिदिन औसत ३ सय ५८ जना युवा विदेश गएका थिए । चालु वर्ष या संख्या १ हजार २०३ पुगेको छ ।

यो कार्तिकमा मात्र श्रम स्वीकृति लिएर चार हजार २९५ महिलासहित ५४ हजार ९१८ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो वर्ष विदेश जानेको संख्या झण्डै कोभिडअगाडिको जस्तै छ ।

विदेश जाने युवाको लर्काे हेर्दा अवका केहि महिनामा रेमिट्यान्स आएमा फेरी सुधार आउने अपेक्षा गरिएको छ ।
नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *