सुदूरपश्चिमका पहाडी जिल्लामा बाक्लो हिमपात, चिसोले जनजीवन कष्टकर

धनगढी । सुदूरपश्चिमको पहाडी जिल्लामा हिमपात भएको छ ।  हिमपातले चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बनेको छ । बिहीबार दिउँसोदेखि उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको हो ।

डडेल्धुरा, बैतडी, बझाङका र डोटीका पहाडी क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन्। डडेल्धुराको साहुखर्क, डोटीको हगुल्टे लेक, बैतडीको खोड्पे, बझाङको देउलेक क्षेत्रमा भारी हिमपात भइरहेको बताइएको छ ।

यो वर्ष लगातारको वर्षा र हिमपातले माघ सकिनै लाग्दासमेत अझै पनि चिसो कम हुन सकेको छैन । वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा बाहिर निस्कनसमेत समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *