नबिल बैंक र नमस्ते पे बीच साझेदारी, थप सहज र सुरक्षित डिजिटल भुक्तानी गर्न सकिने

काठमाडौं ! नबिल बैंक र नमस्ते पे वालेट बीच साझेदारी भएको छ।

यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन्।मंगलबार आयोजित एक कार्यक्रमका बीच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पेवालेटका तर्फबाट डेपुटी सीईओ विनय बिजुक्छेले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

यो सहकार्यसँग अब नबिल बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एप्लिकेशनमार्फत आफ्नो नमस्तेपे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न सक्नेछन्।

यस नयाँ प्लेटफर्मको अतिरिक्त, नबिल एन बैंक एप प्रयोगकर्ताहरूले अब ई–सेवा, खल्ती र नमस्ते पे वालेटका सेवाहरू पनि उपयोग गर्न सक्नेछन्।यो सेवा शुरु भएपछि नबिल बैंकका ग्राहकहरूले थप सहज र सुरक्षित तरिकाले डिजिटल भुक्तानी गर्न सक्नेछन्।