प्रभु बैंकले बाग्लुङमा सञ्चालनमा ल्यायो ४ वटा शाखा

काठमाडौ ! प्रभु बैंकले बाग्लुङ जिल्लामा एकैदिन  चार वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

कम्पनीले शाखा सञ्जाल विस्तार गर्ने क्रममा साउन १४ गते बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका- ७, बोवाङ, निसीखोला गाउपालिका -५, निसी, वडिगाड गाउँपालिका- २, खरबाङ र वडिगाड गाउँपालिका- ७, भिमगिठेमा ४ वटा शाखा खोली बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । उक्त शाखाहरुको उद्घाटन कम्पनीका संस्थापक अध्यक्ष तथा सांसद देवी प्रकाश भट्टचनले गरेका हुन् ।

कम्पनीले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताएको छ ।

यसका साथै कम्पनीले यस प्रकारको अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको पनि बताएको छ ।

सञ्चालनमा आएका बोवाङ शाखा, निसी शाखा, भिमगिठे शाखा र खरबाङ शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले आधुिनक बेंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको कम्पनीले बताएको छ ।

कम्पनीले नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत् करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।