प्रभु बैंकका ग्राहकलाई टिस्टुङ्ग रिसोर्टको सेवामा आकर्षक छूट सुविधा

काठमाडौं ! प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले मकवानपुरको टिस्टुङ्गमा रहेका टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छूट पाउने भएका छन् ।

एक समारोहका बीच सम्पन्न सम्झौतामा टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन तथा सन्त महर्जन र प्रभु बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्ट र मार्केटिङ्ग म्यानेजर सविन शम्शेर राणाले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छूट प्राप्त गर्न सक्नेछन् ।

उक्त रिसोर्ट मकवानपुर जिल्लाको उत्तरी भेगमा  र काठमाडौ उपत्यकाबाट दणिक्ष पश्चिमको भागसँग जोडिएको शान्त, सुन्दर र रमणीय ठाउँमा अवस्थित छ । विभिन्न जातजातीहरुको बसोवास रहेको यो स्थान समुद्री सतहबाट १ हजार ७०३ मिटर उचाइमा छ ।

इन्द्र सरोवर (कुलेखानी), बज्रबाराही मन्दिर कुन्छाल बस्ती यहाँका प्रमुख आकर्षक गन्तब्य स्थल हुन् भने कृषि पेशा अर्को यहाँको प्रमुख विशेषता हो । यहाँ उत्पादित आलु, काउली, बन्दा, मुला, स्कूस जस्ता कृषि उत्पादन काठमाडौंसम्म बिक्री वितरण हुने गर्दछ ।

ग्राहकहरुको रोजाइमा परेको उक्त बैंकले नेपालभर ३०७ शाखा कार्यालयहरु, २८३ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रवाह गर्दै आइरहेको छ ।