जाजरकोटको खलङ्गामा प्रभु बैंकले सञ्चालनमा ल्यायो ३०७ औं शाखा

काठमाडौं ! प्रभु बैंकले जाजरकोटको खलङ्गामा ३०७औं शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार ७  गतेदेखि भेरी नगरपालिका-४ स्थित खलङ्गा बजारमा नयाँ शाखा खोली सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले यसप्रकारको अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताएको छ ।

कम्पनीले जाजरकोट शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र त्यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ विश्वास लिएको बताएको छ ।

कम्पनीका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ वटा एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर छन् ।