प्रभु बैंकका ग्राहकलाई हिमाल हस्पिटलमा छुट

काठमाडौं ! प्रभु बैंकका ग्राहकले हिमाल हस्पिटलको सेवामा विशेष छूट पाउने भएका छन् ।

कम्पनीका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल हस्पिटलको सेवा सुविधामा विशेष छूट प्रदान गर्ने सम्झौता भएको हो ।

सो कार्यका लागि हिमाल हस्पिटलका तर्फबाट व्यवस्थापकीय निर्देशक नविन ताम्ली र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।

उक्त अबसरमा बैंकको तर्फबाट म्यानेजर दिना चित्रकार र सबिन राणा तथा हिमाल हस्पिटलका मूख्य प्रशासन अधिकृत राजेन्द्र केसीको समेत उपस्थिति थियो ।

उक्त सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हिमाल हस्पिटलमा उपचार सेवा लिंदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा १० देखी २०५ तथा शल्यक्रिया शुल्कमा १० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

छूट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक हिमाल हस्पिटलमा पेश गर्नुपर्ने छ ।

कम्पनीले नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत् करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ ।