भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर र प्रभु बैंक बीच छूट सम्झौता

काठमाडौं ! प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बिराटनगर–७,मोरङ्गस्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा उपचार गर्दा छूट पाउने भएका छन् ।

उक्त सेन्टरमा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी सर्जरी, शल्यक्रिया, पावर चस्मा, औषधी खर्च तथा अन्य सेवाहरु लिंदा विशेष छूट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ । एक समारोहका बीच सेन्टरका सञचालन निर्देशक भास्कर कुमार झा र प्रभु बैंकका कोशी प्रदेश प्रमुख ब्यापार केन्द्र अधिकृत बद्रि कुमार कटवालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

छूट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक उक्त सेन्टरमा पेश गर्नुपर्ने छ ।उक्त सेन्टरमा परामर्श तथा उपचार सेवाहरुमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्मको छूटको व्यवस्था छ ।

प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रवाह गर्दै आएको छ ।