प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई चिरायु नेशनल हस्पिटलमा विशेष छूट

काठमाडौं ! प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इष्टिच्युटमा विशेष छूट पाउने भएका छन् ।

बैंकका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौको, बसुन्धरास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इष्टिच्युट र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा सुविधामा विशेष छूट दिने सम्झौता भएको हो ।

एक समारोहका बीच हस्पिटलका डाइरेक्टर संजीव राजभण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

छूट सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक हस्पिटलमा पेश गर्नुपर्ने छ ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले उक्त हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छूट प्राप्त गर्न सक्नेछन् ।

प्रभु बैंकले नेपालभर ३०२ वटा शाखा कार्यालयहरु, २८५ वटा एटीएमकासाथै ७० वटा एक्सटेन्सन काउन्टर मार्फत् सेवा प्रवाह गर्दै आइरहेको छ ।