मुस्ताङको कागबेनीमा प्रभु बैंकले राख्यो क्युआर स्ट्याण्ड

काठमाडौं ! प्रभु बैँकले “कागबेनी मन्दिर श्राद्घस्थल व्यबस्थापन समिति“ लाई क्यु आर स्ट्याण्ड उपलब्ध गराएको छ । मुस्ताङ्गको कागबेनीमा भक्तजनहरुको सहजीकरणका तथा सुबिधाका लागि क्यु आर स्ट्याण्ड उपलब्ध गराएको बैंकले जनाएको छ ।

यस्तै नगद रहित भुक्तानी प्रणालीमा विशेष जोड दिईदै क्यूआर स्ट्याण्ड उपलब्ध गराएको जनाइएको छ ।

बैंकले हिमाल पारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालय मार्फत सम्पूर्ण बैँकिङ्ग सेवा उपलब्ध गराईरहेको छ । वित्तिय सेवा मात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।

बहुचर्चित धार्मिकस्थल कागबेनीमा बिशेषगरी बडादसैँ र चैतेदसैँ अघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरुको यो क्षेत्रमा आवागमन हुने गरिएको छ । पिण्ड दान गर्दा दिवंगत भएकाहरुले मुक्ति पाउने धार्मिक विश्वास छ ।

प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् ।