काठमाडौं ! कामना सेवा विकास बैंकका ग्राहकले तिलोत्तमा, रुपन्देही स्थित ‘द एसआर होटेल एण्ड इभेन्ट्स प्रालीमा छुट पाउने भएका छन्। बैंक र होटेलबीच बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशत सम्म छुट प्राप्त गर्ने सम्झौता भएको हो।
बैंकका अनुसार बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने विश्वास लिएको बैंकले जनाएको छ ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् सेवा सुविधाहरु प्रदान गरि रहेको छ।