दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकलाई

काठमाडौं ! दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ कोउपाधि कामना सेवा विकास बैंकले जितेको
छ । “स्वस्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ मिति २०८० फागुन १२ गते भरतपुर
चितवनमा बैंकर्स फुटसल प्रतियोगितामा कामना सेवा विकास बैंक विजेता भएको हो ।

उक्त प्रतियोगिताको खेलमा २६ बैंकको सहभागीता रहेको थियो । सो प्रतियोगिताको फाइनल खेलमा कामना सेवा विकास बैंकले ग्लोबल आइएमई बैंकलाई ६–२ ले हराउदै उपाधी जितेको छ । विजेता टिम कामना सेवा विकास बैकलाई ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो।

बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत्अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।