कामना सेवाका ग्राहकले नेशनल ल्यावमा छुट पाउने सम्झौता

काठमाडौं ! कामना सेवा विकास बैंकका ग्राहकले स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । यस सम्बन्धमा विकास बैंकले नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टरसँग सम्झौता गरेको छ ।

बुटवलको रुपन्देहीमा रहेको सो ल्यावसँग बैंकले आइतबार छुट सम्बन्धी सम्झौता गरे हो ।

सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारीले सो ल्यावले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा सो सुविधा पाउने सम्झौतामा उल्लेख छ

उक्त सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले लाभ लिने बैंकले विश्वास लिएको जनाएको छ ।

हाल बैंकले १३५ सञ्जालहरु तथा ७७ एटिएम र विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् सेवा प्रदान गरिरहेको छ ।