३२ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको खुद नाफा

काठमाडौं ! चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कामना सेवा विकास बैंकको खुद नाफा ३२.१९ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको खुद नाफा २५ करोड ८९ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा १९ करोड ५८ करोड रहेको थियो ।

कम्पनीले सर्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी घटेपनि नाफा भने बढेको छ । बैंकको खुद ब्याज आम्दानी ६.२४ प्रतिशतले घटेर ९५ करोड ८८ लाख रहेको छ ।

बैंकले सम्भावित जोखिमको लागि छुट्याएको ईमपेयरमेन्ट चार्ज घट्दा खुद ब्याज आम्दानी घटेपनि बैंकको खुद नाफा बढेको हो। दोस्रो त्रैमासमा बैंकले सम्भवित जोखिमको लागि छुट्याएको यस्तो रकम ३० करोड १५ लाखबाट घटेर २१ करोड १९ लाख मात्र रहेको छ । त्यस्तै बैंकको  खुद शुल्क तथा कमिसन आम्दानी २५.६६ प्रतिशतले बढेर १२ करोड ३२ लाख पुगेको छ । यसले पनि बैंकको नाफा बढाउन मद्दत गरेको देखिन्छ ।यस अवधिमा बैंकका कुल निक्षेप ५.२८ प्रतिशतले बढेर ५६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ०.३० प्रतिशतले बढेर ४३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।

 

३ अर्ब २८ करोड रुपैयाँ कुल चुक्ता पुँजी  रहेको बैंकको रिजर्भमा १ अर्ब ५१ करोड रुपैयाँ रिजर्भमा छ।  बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७४ पैसाबाट बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा रहेको छ।