कृषि विकास बैंकले लेख्यो धितोपत्र बोर्डलाई पत्र

काठमाडौं ! कृषि विकास बैंकले धितोपत्र बोर्डलाई पत्र लेख्दै वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने अवधि थप गरिदिन आग्रह गरेको छ। बैंकका सीइओ गोबिन्द गुरुङले पुस १२ गते धिओपत्र बोर्डलाई पत्र लेखेका हुन् ।

उक्त पत्रमा वार्षिक प्रतिवेदन सहितको विवरण पेश गर्न वढीमा मिति २०८० साल माघ मसान्त सम्मको लागि समयावधि थप गरिदिन अनुरोध गरिएको छ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा भएको व्यवस्था बमोजिम तहाँ धितोपत्र बोर्ड समक्ष वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने व्यवस्था रहेको छ।  तर बैंकको आ.व. २०७९/८० को वित्तीय विवरणहरु बैंकको वृहत कार्यसंजालका कारण लेखा परिक्षकबाट बैंकको सञ्चालक समिति समक्ष पेश भै नसकेको भन्दै बैंकले  समय थपको लागि आग्रह गरेको हो ।

‘नियमावलीको नियम २७ बमोजिम वार्षिक प्रतिवेदन सहितको विवरण पेश गर्न वढीमा मिति २०८० साल माघ मसान्त सम्मको लागि समयावधि थप गरिदिनु हुन अनुरोध छ’ पत्रमा भनिएको छ  ।

बैंकले पुस मसान्तसम्म साधारणसभा गर्न नसकेपछि थप समय माग गरेको हो  ।