नेपाल बैंकको सीइओको लागि ५ जनाको नाम सर्टलिस्ट

काठमाडौं ! नेपाल बैंकको सीइओको लागि ५ जनाको नाम सर्टलिस्ट भएको छ। आवेदन दिएका १९ जना मध्येबाट शैक्षिक योग्यता, कार्य अनुभव, र व्यवसायिक कार्य योजनाको मुल्यांकनको आधारमा ५ जनाको नाम सर्ट लिस्ट गरिएको सिफारिस समितिले जनाएको छ।

सर्ट लिस्ट हुनेमा अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रुब चन्द्र गौतम, लक्ष्मण पौडेल, र समता पन्त (भट्ट) रहेका छन् । अब यी ५ जनाले व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण दिनु पर्ने छ भने त्यसपछि अन्तर्वार्ता हुने छ । पुस ४ गते बुधबारको लागि प्रस्तुतीकरण र अन्तर्वार्ताको समय तोकिएको छ ।

हाल समता पन्तले बैंकमा कामु सीइओको जिम्मेवारी सम्हाली रहेकी छिन्। उनको नाम पनि अन्तिम ५ मा परेको छ ।