कामना सेवा विकास बैंकले दियो कर तिरेको जानकारी

काठमाडौं ! कामना सेवा विकास बैंकले आफुले कर तिरेको जानकारी शेयरधनीहरुलाई गराएको छ । बैंकले नेप्से मार्फत आफुले  दुई करोड ६२ लाख ६६ हजार ५ सय ८६ रुपैंया कर ठूला करदाता कार्यालयमा दाखिल गरेको जानकारी दिएको हो ।

चालु आर्थिक वर्षको बजेट मार्फत शेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने गरी व्यवस्था भएको र हालै मात्र भएको सर्वोच्च अदालतको निर्णयका आधारमा कर तिरेको बैंकले उल्लेख गरेको छ ।

बैंकले हकप्रद शेयरहरु बोलकबोल प्रक्रिया मार्फत बिक्री गर्दा प्राप्त भएको प्रिमियम रकम र बैंक मर्जर हुँदाको स्वाप अनुपातको भिन्नताका कारण बैंकको आयको आयकर दायित्व भुक्तानी गर्नुपर्ने देखिएको हुँदा सो रकम बराबरको कर तिरेको जानकारी दिएको हो।