मङ्सिर २९ देखि ३ अर्बको ऋणपत्र निष्काशन गर्दै नबिल बैंक

काठमाडौं ! नबिल बैंकले मङ्सिर २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ।  बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको  कुल ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।

कुल ३० लाख कित्ता  ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुनेछ भने बाँकी १८ लाख कित्ता बैंकले आफ्नै पहलम विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्येबाट ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई निष्काशन हुने छ।

यस ऋणपत्रमा आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिक्रम २५ कित्ताको लागि आवेदन दिन सकिने छ। लगानीकर्ताले छिटोमा पुस ३ गतेसम्म आवेदन दिन सक्ने छन्  । सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा पुस १३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ  ।

बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।  बैंकको उक्त ऋणपत्रको अवधि सात वर्षको हुनेछ भने ऋणपत्रमा ९ प्रतिशत ब्याजदर तोकिएको छ ।