काठमाडौं ! कामना सेवा विकास बैंकले पुस १७ गते साधारणसभा गर्ने भएको छ। कम्पनीको मङ्सिर १८ गते बसेको संचालक समितिको बैठकले पुस १७ गते मंगलबार साधारणसभा गर्ने निर्णय गरेको हो ।
बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।
बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने उल्लेख गरेको छ।