कामना सेवाका ग्राहकलाई एनएस युनिसेक्स सलुनमा छुट : यस्तो छ सम्झौता

काठमाडौं ! कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सलुनबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले रुपन्देही नगरपालिका –०७ देवदहमा रहेको सो सलुनले  प्रदान गर्ने सेवामा छुट पाउने छन् ।

बैंकका अनुसार हेयर कट र हेयर स्ट्रेट गर्दा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने व्यवस्था मिलाईएको छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले उल्लेख गरेको छ ।