सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा २५ प्रतिशतसम्म छुट

काठमाडौं ! सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बिच बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेल्सबेरीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील मान प्रधानाङ्घले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी)ले बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनी महानुभावहरुलाई विभिन्न किसिमका सामान खरिदमा २५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।

यसबाट बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास  बैंकले लिएको छ ।