कामना सेवा विकास बैकका ग्राहकलाई हिमालयन जाभा कफीमा छुट

काठमाडौं ! कामना सेवा विकास बैंक र हिमालयन जाभा कफीबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौं महानगरपालिका –२९ पुतलिसडक स्थित  हिमालयन जाभा कफीले  प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने विश्वास लिएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *