कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एसी सहयोग

काठमाडौं ! कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बर्दघाट, नवलपरासी स्थित त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त दिव्य ज्योति बहुमुखी क्याम्पसलाई २ थान एसी हस्तान्तरण गरेको छ । उक्त एसी सामुदाहिक विकास र शिक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान पुगोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका संचालक भिम प्रसाद तुलाचनले दिव्य ज्योती बहुमुखी क्याम्पसका अध्यक्ष पुन्य प्रसाद पौडेललाई उक्त एसी  हस्तान्तरण गरेका हुन् ।

बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *