कामना सेवा विकासका ग्राहकलाई यी रेस्टुरेन्ट र गेस्ट हाउसमा छुट (सूचिसहित)

काठमाडौं ! कामना सेवा विकास बैंक र चिल्ली बार एण्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउस बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्धहरुले पोखरा–०६, लेकसाइड स्थित चिल्ली बार एण्ड रेस्टुरेन्टमाले प्रदान गर्ने सेवा सुविधाहरुमा १२ प्रतिशत सम्म र हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने विश्वास लिएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *