‘फाइभ इन वान सेवा’ को लागि कामना सेवा र सन सेक्युरिटिजबीच सम्झौता

काठमाडौं ! ब्रोकर नम्बर ६४ सन सेक्युरिटिजले कामना सेवा विकास बैंकसँग ‘फाइभ इन वान सेवा’ को लागि सम्झौता गरेको छ ।

सम्झौता अनुसार कामना सेवामा खाता खोल्ने ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता (TMS), सि आस्वा (C-ASBA) र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्ने बैंकले जनाएको छ।

ग्राहकहरुले सरल रुपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराईएको बैंकले उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *