अब २५ लाख ऋण लिन प्यान अनिवार्य

काठमाडौं ! अब २५ लाख वा सो भन्दा ऋण लिँदा अनिवार्य ऋणीले स्थायी लेखा नम्बर चाहिने भएको छ । यसअघि ५० लाख वा सो भन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नु परेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा प्यान लिएको हुनुपर्ने व्यवस्था रहेकोमा अब २५ लाख वा सो भन्दा बढी रकम ऋण लिनका लागि प्यान अनिवार्य गरिएको हो ।

राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि जारी गरेको एकिकृत निर्देशनमार्फत यस्तो व्यवस्था गरेको हो ।

साथै, साथै एकीकृत निर्देशनको निर्देशन नं ३ को वुदा नं ६ अनुसार ऋणी एउटै समूह अन्तर्गत पर्ने भएमा त्यस्तो समूहले रु. २५ लाख वा सोभन्दा बढी रकमको कर्जा लिएको अवस्थामा उक्त समूह अन्तर्गतको कुनै व्यक्तिलाई रु. २५ लाख भन्दा कम रकमको कर्जा प्रवाह गर्नुपरेको अवस्थामा समेत अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *