नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौं ! नेपाल राष्ट्र बैंकले आज साउन ७ गते आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो । मौद्रिक नीतिअ पारित गर्न अहिले राष्ट्र बैंकको संचालक समितिको बैठक जारी छ ।

बजेटको विस्तारित कर्जा नीतिको अपेक्षा र अन्तराष्ट्रिय मुद्रा संचुकित र सुरक्षित कर्जा नीतिको दबाबका बीच नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो।  धेरै विषयमा टुंगो लागिसकेकाले बिहान संचालक समितिको बैठकले स्वीकृत गरे लगत्तै राष्ट्र बैकको वेबसाइट मार्फत चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने राष्ट्र बैंक स्रोतले जनाएको छ।

“कुन क्षेत्रको कर्जाको भार कति हुने र कस्तो कर्जामा कति प्रतिशतसम्म मार्जिन दिने भन्ने जस्ता प्राविधिक विषय गभर्नरले अन्तिम रुप दिएपछि मात्र बाहिर ल्याउने गरि तयारी समेत गरिएको छ। अहिले नै यति उति प्रतिशत भनेर कुनै पनि विषयमा अंक तोकिएको छैन” स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *