कृषि विकास बैंकको मोवाईल एपबाट थप विभिन्न सेवाहरु ल्याइंदै

हाल यसका लागि सुरुवातमा ग्राहकले VISA Debit/Credit कार्ड शाखा कार्यालयबाट प्राप्त गरे पश्चात ग्राहकको मोवाईलमा SMS को माध्यमबाट PIN आउछ । VISA Debit/Credit कार्ड भएका ग्राहकले आफ्नो PIN हराएमा वा भुलेमा RePIN का लागि नजिकैको कृषि विकास बैंकमा सम्पर्क गरि तुरुन्त SMS को माध्यमबाट PIN प्राप्त गर्न सक्नेछन् ।

ग्राहकको चाहाना र आवश्यकतालाई मध्यनजर गर्दै बैंकले छोटो समयमा आफ्नै अद्यावधिक गरिएको मोवाईल एपबाट RePIN वा Block गर्न सक्ने सुविधालाई चाडै कार्यान्वयनमा ल्याउने बैंकका प्रमुख संचालन अधिकृत प्रताप सुवेदीले बताएका छन् । यो सेवा संचालनमा आए पश्चात ग्राहकले विना झण्झट सहज र सुरक्षित तरिकाले SMS बाट PIN प्राप्त गरि कार्ड संचालन गरि सेवाको भरपुर लाभ लिनसक्ने भरपर्दो सेवा हुने बैकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *