कृषि विकास बैंकद्वारा साझा यातायातलाई ५ लाख सहयोग

काठमाडौं ! कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत साझा यातायात सहकारी संस्थालाई आर्थिक सहयोग गरेको छ । पुल्चोक ललितपुरस्थित संस्था्रको कार्यालयमा आयोजित कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुबेदीले संस्थाका महाप्रबन्धक महेन्द्र पाण्डेलाई रु.पाँचलाखको चेक हस्तान्तरण गरेका हुन् ।

हस्तावन्तरण कार्यक्रममा उपमहाप्रधन्धक सुबेदीले बैंक र साझा यातायातबीत्र सुमधुर सम्बन्ध रहेको र पछिसम्म रहने विचार व्यक्त गरे । साझा यातायातको उत्तरोत्तर प्रगतिको कामना गदै उपमहाप्रबन्धक सुबेदीले आउँदा दिनमा पनि बैंक र साझा यातायातबीच सहयोगको आदानप्रदान हुने विचार पनि व्यक्त गरे । चेक हस्तान्तरण कार्यक्रममा संस्थाका महाप्रबन्धभक पाण्डेले बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको आदान प्रदान भइरहने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *