कामना सेवा विकास बैंकद्वारा भक्तपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं ! कामना सेवा विकास बैंकले  भक्तपुर नगरपालिका वडा नं १७, दुधपाटी स्थित भक्तपुर बहुमुखी क्याम्पसमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले व्यवस्थापन संकायका विद्यार्थीहरुलाई सुरक्षित  भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

बैंकका अनुसार उक्त कार्यक्रममा ६० भन्दा बढि सहभागी विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कतता लगायतका विषयमा साक्षरता प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *