कामना सेवा विकास बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता

काठमाडौं ! कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदानप्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

यस सम्झौता पश्चात व्यस्थापन केन्द्रीय विभागले वित्तीय साक्षरता कार्यक्रम लगायत बैंकका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी स्वयंसेवकहरु उपलब्ध गराउन सहमत भएको छ । साथै, व्यवस्थापन विभागका कर्मचारी, व्यवस्थापन सदस्य तथा विद्यार्थीहरुलाई बैंकको वित्तीय सेवा सुविधा प्रयोग गर्न प्रोत्साहन गर्ने छ । उक्त सम्झौता पश्चात, बैंकले पहिचान गरेका क्षेत्रहरुमा व्यवस्थापन केन्द्रीय विभागले अनुसन्धान समेत गर्न सहमत भएको छ ।

बैंकको तर्फबाट व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीहरुलाई ईन्टर्नसिप कार्यक्रम र बैंकमा रोजगारको अवसर समेत प्रदान गर्ने सम्झौता भएको छ । साथै, बैंकले प्रत्येक वर्ष विभागले  सिफारिस गरेका विद्यार्थीहरुलाई २ सोधकार्य गर्ने छात्रवृत्ती प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *