कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई डस्टबिन वितरण

काठमाडौं ! कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत डस्टबिन हस्तान्तरण गरेको छ ।  बुधबार बैंकले आफ्नो शाखा कार्यालय पद्सरि मार्फत रुपन्देही जिल्ला सिद्धार्थनगर न.पा. वडा नं–०९, गोलिगाद्ध स्थित बृहस्पति माध्यामिक विद्यालयलाई डस्टबिन वितरण गरेको हो  ।

बैंकका शाखा प्रमुख रोश्नी घिमिरेले विद्यालयका प्रधानाध्यापक युवराज उपाध्याय लाई उक्त डस्टबिन हस्तान्तरण गरेकी हुन् ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *