कामना सेवा बैंकद्वारा आर्थिक अवस्था कमजोर विद्यार्थीलाई पोशाक वितरण

काठमाडौं ! कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विध्यार्थिलाई पोशाक हस्न्तान्तरण गरेको छ। कामनाले शाखा कार्यालय दमक मार्फत झापा स्थित गुह्येश्वरी आधारभूत विद्यालयलाई पोशाक हस्तान्तरण गरेको हो।

उक्त विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरु भूमिहिन, बाढिपिडित, सुकुम्वासी, दलित, जनजाती, आदिवासी समुदायका भएका र आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरुलाई सो पोशाक निःशुल्क रुपमा वितरण गरिएको बैंकले जनाएको छ।

बैंकको कोशी प्रदेशका प्रदेश प्रमुख खिम लाल भुषालले गुह्येश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद खनाललाई उक्त पोशाकहरु हस्तान्तरण गरेका हुन्। कार्यक्रममा विद्यालयका अन्य शिक्षक, विद्यार्थी, स्थानीय महानुभावहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *