नबिल बैंकले जीडब्लूएम गाडीहरुमा फाईनान्सिङ सुविधा उपलब्ध गराउने

काठमाडौँ । जीडब्लूएम सवारीसाधनहरुको लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिले नबिल बैंक लिमिटेडसँग यसको इन्टरनल कम्बसन इन्जिन आईसीई सवारीसाधनहरु (हाभल जोलायन, हाभल एच६, पावर, विङ्गल ५) र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाको लागि सम्झौता गरेको छ । भिजी इम्पेक्स– जि।डब्लु। एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंक लिमिटेडको हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठलेसम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पत्र अनुसार ग्राहकहरुले नबिल बैंक मार्फत कुनै पनि जीडब्लूएमका गाडी खरीद गर्दा फाईनान्सिङ सुविधा प्राप्त गर्ने छन् । नबिल बैंकले आईसीई मोडललाई १२.९०५ र ईभीको लागि १२.१५५ ब्याजदरमा ५०५ सम्म अटो कर्जा उपलब्ध गराउने भएको छ । दुवै अवस्थामा ऋणको अवधि भने ७ वर्षको हुनेछ ।

ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको नबिल बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *