कामना सेवा विकास बैंकले यसरी मनायो राष्ट्रिय धान दिवस

काठमाडौं ! कामना सेवा विकास बैंकले आषाढ १५ अर्थात् राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमहरु गरि मनाएको छ । मौलिक परम्परालाई जगेर्ना गर्ने उद्वेश्यले राष्ट्रिय धान दिवसको अवसरमा त्रिपुरेश्वर कृषि सहकारी संस्थाद्वारा चितवनमा आयोजना गरिएको “दही चिउरा खाने, रोपाइ र हिलेदौड प्रतियोगिता” तथा पोखरा पर्यटन परिषदद्वारा पोखरामा आयोजना गरिएको “१८ औँ रोपाई महोत्सव” लाई आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार मौलिक तथा सास्कृतीक परम्पराहरुको जगेर्ना गर्ने उद्वेश्यले उक्त कार्यक्रमहरुलाई सहयोग गरिएको हो। साथै, परम्पराको जगेर्ना स्वरुप दहि चिउरा खाने कार्यक्रमको महत्व दर्शाउदै बैंकले आफ्नो केन्द्रीय कार्यालय र सम्पुर्ण शाखा कार्यालयहरुमा दही चिउरा खाने कार्यक्रम आयोजना गरी “दही चिउरा खाने दिन” मनाएको जनाएको छ ।

यस्ता कार्यक्रमहरुले नेपाली समाजको मौलिक कला, सस्कृति, परम्परा तथा कर्मचारीहरू बीच एकताको भावनालाई बढावा दिने विश्वास बैंकले व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *