कृषि विकास बैंक लि.द्वारा रकम हस्तान्तरण

काठमाडौं ! कृषि विकास बैंक लि.द्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विहीवार (२०८०÷०३÷१४) मदन भण्डारी स्मृति वाटिका संरक्षण समितिलाई आर्थिक सहयोग गरेको छ । सुविधानगर, काठमाडौस्थित वाटिकामा पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा आयोजित चेक हस्तान्तरण कार्यक्रममा बैंकका वाग्मती प्रदेश कार्यालयका मुख्य निर्देशक (उपमहाप्रबन्धक) निर्मलकुमार उपाध्यायले समितिका अध्यक्ष अनुप श्रेष्ठलाई रु.पाँचलाखको चेक हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि पौडेलले संस्थागत सामाजिक उत्रदायित्व अन्तरगत कृषि विकास बैंक ले वाटिकालाई आर्थिक सहयोग गरेर सत्कर्म गरेकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा पूर्व मन्त्री अग्नि खरेल,बैंकको सञ्चालन तथा वजार व्यवस्थापन विभागका विभागीय प्रमुख मिनराज पोखरेल, कोटेश्वर शाखाका प्रबन्धक खेटराज दाहाल, सञ्चालन तथा वजार व्यवस्थापन विभागका वरिष्ठ ऋण अधिकृत शान्तिराम भट्टराईलगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *