प्रहरी हेडक्वाटरमा खोलियो राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं ! काठमाडौँको नक्सालमा राष्ट्रिय बाणिज्य बैंकको एक्सटेन्सन काउन्टर उद्घाटन गरिएको छ। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा खुलेको राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टरको उद्घाटन गरे ।

उनले बैंकसँगको सञ्जालमा जोडिएपछि बिना धितोमा कर्जा, दुर्घटना बीमा र सेवा शुल्कमा भएको सहुलियतले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न मद्दत गरेको बताए ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी र बैंकबीच विभिन्न क्षेत्रमा समझदारी हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा समेत दुवै पक्षबीच आवश्यक समन्वय र समझदारीलाई निरन्तरता दिइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *