२४ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौं ! नेपाल राष्ट्र बैंकले २४ अर्ब आन्तरिक ऋण उठाउने तयारी गरेको छ । राष्ट्र बैंकले असार ११ गते सोमबार बोलकबोल मार्फत २४ अर्ब ११ करोड २५ लाख बराबरको ट्रेजरी बिल बोलकबोल गरेर आन्तरिक ऋण उठाउन लागेको हो ।

राष्ट्र बैंकले असर ११ गते ट्रेजरी बिल बोलकबोल गरेर मंगलबार मंगलबार बिल निष्काशन गर्न लागेको हो ।

राष्ट्र बैंकले २८ दिन अवधिको ४ अर्बको ट्रेजरी बिल, ९१ दिन अवधिको १० अर्ब ११ करोड २५ लाखको ट्रेजरी बिल,  १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल, र ३६४ दिन अवधिको ५ अर्बको  ट्रेजरी बिल  बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । जस मध्ये ३ अर्ब ६१ करोडको ट्रेजरी बिल नयाँ हो भने बाँकि २० अर्ब ५० करोड २५ लाखको ट्रेजरी बिलको नवीकरण हो ।

सोमबारको बोलकबोल गरेपछि राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत समय समयमा यस्ता ऋणपत्र बिक्री गर्दछ।

राष्ट्र बैंकले यस अघि असार ४ गते ट्रेजरी बिल बोलकबोल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *