बजारमा तरलताका कारण १० अर्ब फिर्ता लैजादै राष्ट्र बैंक

काठमाडौं ! बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले १० अर्ब फिर्ता लैजाने भएको छ । राष्ट्र बैंकले बिहिबार रिभर्स रिपो बोलकबोल गरेर १० अर्ब रकम प्रणालीबाट फिर्ता लैजान लागेको हो ।  यो  सात दिनको भुक्तानी अवधि भएको रु १० अर्वको रिभर्स रिपो हो ।

नेपाल राष्ट्र बैंकले चालू आवमा यस भन्दा अघि १२ माघ २०७९ मा सात दिनको भुक्तानी अवधि भएको रु ५ अर्वको रिभर्स रिपोको वोलकवोल गरेको थियो। त्यतिवेला भारित औषत व्याजदर ४.३२९०% कायम भएको थियो। अन्तरबैक बजारमा भारित औषत व्याजदर नीतिगत दर (हाल वार्षिक ७%) को तुलनामा २% भन्दा बढीले माथि भएमा (अर्थात् ९% भन्दा बढी भएमा) रिपो र तल भएमा (अर्थात् ५% भन्दा कम भएमा) रिभर्स रिपो ल्याउने व्यवस्था राष्ट्र बैकले गरेको छ।

राष्ट्र बैंकले यस अघि हिजो बुधबार २२ महिना यता कै सस्तो ब्याजमा आन्तरिक ऋण उठाएको थियो।  नेपाल सरकारले नेपाल राष्ट्र बैंक मार्फत बार्षिक ६.९३  प्रतिशतको ब्याजमा ६ बर्षका लागि १० अर्ब ऋण लिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *