नबिल बैंकको कम्पनी सचिवमा विश्वप्रकाश नियुक्त

काठमाडौं ! नबिल बैंकको कम्पनी सचिवमा विश्वप्रकाश पौडेल नियुक्त भएका छन् । बैंकको जेठ २२ गते बसेको संचालक समितिको बैठकले बैंकको कम्पनी सचिवालयमा रहेका प्रबन्धक विश्वप्रकाश पौडेललाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले असार १ गतेदेखि कार्यभार सम्हाल्ने बैंकले जनाएको छ । यस अघि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मी नै बैंकको कम्पनी सचिव थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *