कृषि विकास बैंकमा १७९ जना कर्मचारीका लागि खुल्यो जागिर

काठमाडौं ! कृषि विकास बैंकमा १७९ कर्मचारीका लागि जागिर खुलेको छ । बैंकले चौथो तहदेखि नवौँ तहसम्मका लागि दरखास्त आव्हान गरेको हो ।

कुल १७९ मध्ये खुलातर्फ ९२ जना छन् । महिलामा २८, आदिवासी जनजातिमा २७, मधेशी कोटामा १७, दलितमा ९, अपाङ्गमा २ र पीछडिएका क्षेत्रमा ४ जनाका लागि जागिर खुलेको हो ।

नवौँ तहको बरिष्ठ शाखा प्रमुख (अधिकृत) मा एक जना महिलाका लागि मात्रै जागिर खुलेको छ । आठौँ तहको शाखा अधिकृतमा ४, सातौँ तहको बरिष्ठ लेखा अधिकृतमा ६, सातौँ तहको बरिष्ठ इन्जिनियरमा १ जनाले जागिर पाउने छन् ।

सबैभन्दा बढी लेखापाल सहायक चौथो तहमा ७२ जनाका लागि जागिर खुलेको हो । त्यसमा ४० जना खुला  र अन्य समावेशीतर्फका छन् । लेखापालको हकमा १२ कक्षा उतिर्णले पनि आवेदन दिन सक्ने छन्  । व्यवसाय अधिकृत छैठौँ तहका लागि ३८ र व्यवसाय सहायक पाँचौँ तहका लागि ३६ जनाका लागि जागिर खुलेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *